कोपा इटालियाको सेमिफाइनलमा युभेन्टस र मिलान भिड्ने

कोपा इटालियाको सेमिफाइनलमा युभेन्टस र मिलान भिड्ने

खेलकुद

Sharing is caring!

विराटनगर, १५ माघ । कोपा इटालियाको सेमिफाइनलमा एसी मिलान र युभेन्टस भिड्ने भएका छन् ।

मंगलबार राति भएको खेलमा मिलानले टोरिनोविरुद्ध जित निकाल्दै सर्वाधिक धेरै पटकको विजेता टोली युभेन्टससँग भेट पक्का गरेको हो ।

मंगलबार भएको क्वार्टरफाइनल खेलमा टोरिनेविरुद्ध ४–२ गोलको जित निकाल्दै मिलानले सेमिफाइनलमा स्थान बनाएको हो ।

मिलानकै मैदानमा भएको उक्त खेलमा घरलु टोलीलाई जिताउन हाकान काल्हानोग्लुले २ गोल गरे भने जियाकोमो बोनाभेन्टुरा, र ज्लाटन इब्राहिमोभिकले समान १–१ गोल गरे ।

यता, टोरिनोका लागि ग्लेइसन ब्रेमरले २ गोल गरे ।

जितसँगै मिलानले युभेन्टससँग भिडन्त पक्का गरेको छ ।

अब फाइनल प्रवेशका लागि युभेन्टस र मिलानले सेमिफाइनलका २ लेगको खेल खेल्नेछन् ।

युभेन्टस भने क्वार्टरफाइनलमा रोमालाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

पहिलो लेगको खेलको फेब्रुवरी १२ मा मिलानको घरमा हुनेछ भने दोस्रो लेगको खेल युभेन्टसको मैदानमा हुनेछ । दोस्रो लेगको खेल भने ४ मार्चमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *