एम्बाप्पेको नजरमा मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी !

एम्बाप्पेको नजरमा मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी !

खेलकुद

Sharing is caring!

एजेन्सी, २१ माघ । फ्रान्सेली युवा स्टार किलियन एम्बाप्पेले बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा विश्व कप विजेता एम्बाप्पेले यस्तो बताएका हुन् ।

पछिल्ला अन्तर्वार्ताका क्रममा एम्बाप्पेले आफूले पोर्चुगिज स्टार रोनाल्डोको जस्तो करिअर बनाउन चाहेको बताउँदै आएका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवास्टार एम्बाप्पेले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई आफ्नो पहिलो आइडल तथा रोनाल्डोलाई दोस्रो आइडल भएको पनि बताउँछन् ।

केही समयअघि ‘गजेट्टा हेल्लो स्पोर्ट्स’सँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो दोस्रो आइडल रोनाल्डो हुन् । मेरो भाग्य हो कि मैले राष्ट्रिय टोलीबाट उनको प्रतिद्वन्द्वी भएर खेल्ने मौका पाएको छु । म उनको जस्तो करिअर बनाउन चाहन्छु ।’

यसैगरी हालै दिएको एक अन्तर्वार्तामा उनले मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट भएको बताए । रोनाल्डोको बारेमा कहिल्यै पनि नराम्रो नबोल्ने उनले बताए ।

‘रोनाल्डो वा मेस्सी ? पक्कै पनि रोनाल्डो,’ उनले भने, ‘यो एकदमै असहज प्रश्न हो । तर, म रोनाल्डो नै उत्कृष्ट भन्छु । म उनका बारे अस्वस्थ प्रतिक्रिया कहिल्यै दिन्नँ । उनले उच्च प्रदर्शन नगरेपनि म उनको बारेमा नराम्रो बोल्दिँन । रोनाल्डोले अझै पनि राम्रो खेल्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *