भारतमा जुलाईदेखि बालबालिकालाई कोभिड खोप लगाउने तयारी

भारतमा जुलाईदेखि बालबालिकालाई कोभिड खोप लगाउने तयारी

विश्व

Sharing is caring!

काठमाडौं । कोरोना विरुद्धको खोप अभियानमा देखिएको संकटकाबीच भारतमा आउदो जुलाइदेखि बालबालिकालाई खोप लगाउने तयारी भएको छ । स्थानीय खोप उत्पादक कम्पनी जायडस कैडिलाले बालबालिका माथी गरिएको खोप ट्रायल अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

कोभिड वर्किङ गु्रपका अध्यक्ष डा.एन के अरोडाले जायडस कम्पनीका तर्फबाट सो जानकारी दिनुभएको हो । उहाँका अनुसार खोप ट्रायल लगभग पुरा भइसकेको छ । आपत्कालिन प्रयोगको अनुमती लिएर अब जुलाइको अन्तिम या अगस्टबाट १२ देखि १८ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउन सुरु गरिने जनाइएको छ ।

अहिले भारतमा १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिलाई खोप लगाउने काम चलिरहेको छ, खोप अभियानमा कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक खोपको प्रयोग भइरहेको छ । तेस्रो लहर भन्दा अगाडि नै धेरैभन्दा धेरै मानिसलाई खोप लगाउने तयारी केन्द्र सरकारको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *