कोरोना भाइरसका कारण ९०० जनाको मृत्यु, ४० हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण ९०० जनाको मृत्यु, ४० हजारभन्दा बढी संक्रमित

विश्व

Sharing is caring!

काठमाडौँ: चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९०० नाघेको छ भने ४० हजार जना संक्रमित भएका छन् । मृत्यु हुने ९०० जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ ।

संक्रमितहरुको उपचारका लागि चीन सरकारले १००० सैयाँको हस्पिटल निर्माण गरी सोमबारदेखि सेवा दिएको बताइएको छ । त्यस्तै नयाँ हस्पिटलहरु निर्माणका लागि चीन सरकारले राति दिन कर्मचारीहरु खटाइरहेको छ ।

त्यस्तै चीनमा एक दिनमा नै ६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ ।

यो संख्या अझै बढ्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् । औषधी पत्ता लागेको खबर बाहिर आएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *