अमेजोनको वन फडानी क्षेत्रले कार्बन सोस्नभन्दा बढी फालिरहेको छ !

अमेजोनको वन फडानी क्षेत्रले कार्बन सोस्नभन्दा बढी फालिरहेको छ !

विश्व

Sharing is caring!

बीबीसी । अमेजोन वन क्षेत्रको एक चौथाइ भन्दा बढी भूभागले कार्बन सोस्नु भन्दा बढी फालिरहेको नयाँ अनुसन्धानले देखाएको छ ।

अमेजोनमा ग्रिनहाउस ग्यास सम्बन्धी गरिएको एक दशक लामो अध्ययनको निष्कर्षमा अमेजोनको कूल क्षेत्रको २० प्रतिशत भन्दा बढी भूभाग वायुमण्डलमा कार्बनको मुख्य श्रोत बनिरहेको पाइएको हो ।

यसको सबैभन्दा प्रमुख कारण वन फडानी भएको बताइएको छ । रुख बिरुवाहरु बढ्दै जानुले वायुमण्डलबाट कार्बन डाइअक्साइड सोस्न मद्दत गर्दछ तर तिनै रुख मरेपछि भने तिनले उल्टै कार्बन उत्सर्जन गराउने गर्छन् ।

पछिल्ला केही वर्षहरुमा आगलागी र वन फडानीका कारण अमेजोनमा लाखौँ रुखहरु नष्ट भएका छन् ।

यसरी यो अनुसन्धानले जलवायु परिवर्तन विरुद्धको लडाईँ झन जटिल बन्दै जाने संकत गरेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

किनकि अमेजोन वन क्षेत्रलाई पृथ्वीको फोक्सो भनिँदै आएको छ जसले नै पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गरि जलवायु परिवर्तन रोक्न मुख्य भूमिका खेल्ने सबैको विश्वास छ । तर कार्बन सोस्नुको सट्टा यही क्षेत्र कार्बनको ठूलो श्रोतमा परिणत हुँदै गइरहेको पाइएपछि यो गम्भीर चिन्ताको विषय बनेको बताइएको छ ।

प्रोफेसर लुसिआना गाटी नेतृत्वको वैज्ञानिक टोली ब्राजिलको ‘नेस्नल इन्सटिटीउट फर स्पेस रिसर्च ’ सँगको सहकार्यमा पछिल्लो १० वर्ष प्रत्येक दुई हप्ता अमेजोनको ग्रिनहाउस ग्यास मापन गर्दै आएको थियो ।

यसका लागि उनीहरुले सबै भूभागमा सेन्सरको प्रयोग गरेका थिए ।

यसैबीच उनीहरुले आश्चर्यजनक खोजी गरेका हुन् । जसमा अमेजोनको अधिकांश भूभागसँग अझै ठूलो मात्रामा कार्बन डाइअक्साइड सोस्ने क्षमता भएता पनि, अत्याधिक वनजङ्गल नष्ट भएका केही विशेष भूभागले भने सो क्षमता गुमाएको पत्ता लागेको हो ।

अनुसन्धानको निष्कर्षअनुसार कूल भूभागको झन्डै २० प्रतिशत पर्ने अमेजोनको दक्षिणपूर्वी क्षेत्र, कार्बन डाइअक्साइडको श्रोतमा परिणत भएको छ । लुसिआना भन्छिन्, “प्रत्येक वर्ष सो अवस्था झन झन बिग्रदै मात्र गइरहेको छ । ”

यस्तोमा यो नयाँ खोजीले आगामी ३० वर्षमा अमेजोनको आधा भन्दा धेरै भूभाग बोटबिरुवा विहिन क्षेत्रमा परिणत हुन सक्ने संकेत गरेको हो ।

दशकौँदेखि वैज्ञानिकहरुले अमेजोनको संवेदनशील अवस्थाबारे विश्वलाई चेतावनी दिँदै आइरहेका छन् ।

जस्तै १९८० र ९० को दशकमा अमेजोनले वातावरणबाट वार्षिक २ अर्ब कार्बनसम्म सोस्न सक्थ्यो ।

तर आज त्यही क्षमता घटेर १ अर्ब टन कार्बन प्रति वर्षमा पुगेको छ ।

यसमा पनि २०१९ लाई अमेजोन वन क्षेत्रका लागि हालसम्मकै खराब वर्ष मानिएको छ ।

किनकि गत जुलाइ र सेप्टेम्बरमा प्रत्येक महिना १ हजार वर्ग किलोमिटरसम्म वन क्षेत्र नष्ट भएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *