बेलायतमा मन्त्री फेरबदल !

बेलायतमा मन्त्री फेरबदल !

विश्व

Sharing is caring!

बेलायतका वित्तमन्त्री साजिद साहिदले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएपछि नयाँ वित्तमन्त्रीका रुपमा ऋषि सुनलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नजिकका सहयोगीलाई हटाएर १० डाउनिङ स्ट्रिटले छनोट गरेका व्यक्तिलाई राख्‍न निर्देशन दिएका थिए । तर, जाभेदले उक्त निर्देशन मान्‍न नसकिने प्रतिक्रिया दिएका थिए ।

वित्तमन्त्रीको यस्तो प्रतिक्रियापछि प्रधानमन्त्रो जोन्सनले पदमा रहनका लागि उक्त व्यक्ति छनोट गर्न र नत्र पदबाट राजीनामा दिन आग्रह गरेका थिए । जाभेदले पनि आफू राजीनामा दिन तयार भएको बताउँदै बिहीबार राजनीमा बुझाएका हुन् ।

पत्रकारसँग कुरा गर्दै जाभिदले भने, “मैले प्रधानमन्त्रीको सर्त मान्‍न सकिन । कुनै पनि आत्मसम्मान भएको मन्त्रीले उक्त सर्त मान्‍न तयार हुन्छ भन्‍ने मलाई विश्वास लाग्दैन ।”

ब्रिटेनका वित्त वर्षमा सबभन्दा महत्त्वपूर्ण मानिने आम बजेट आगामी चार सातामा पेस गरिने भएको छ । सन् २०१५ मा सुनक योर्कसायरको रिचमन्डबाट कन्जरभेटिभ सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *