दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते – OSNepal

दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते – OSNepal

विश्व

Sharing is caring!

मनिला-फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ । आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ ।प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ । उनीहरूले आक्रमणको कारण र गोली प्रहार गर्नेहरूको पहिचानबारे अनुसन्धान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *