स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी,आठ बालबालिकासहित नौ जनाको मृत्यु – OSNepal

स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी,आठ बालबालिकासहित नौ जनाको मृत्यु – OSNepal

विश्व

Sharing is caring!

इस्तानबुल-टर्कीको उत्तरपश्चिमी शहर बुर्सामा मङ्गलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्युभएको छ ।आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गर्नुभएको छ ।मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो । प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छ जना भाइबहिनी, उनीहरूकी आमा र दुई जना काका–काकी थिए ।ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ ।

प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको बेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो । घटनाबारे अनुसन्धान शूरू गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ ।सिरियामा लामो समयदेखि जारी गृहयुद्धबाट भागेका करिब ४० लाख सिरियाली शरणार्थी टर्कीमा आश्रय लिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *