जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा – OSNepal

जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा – OSNepal

विश्व

Sharing is caring!

बाली, इन्डोनेसिया,-चिनियाँ राष्ट्रपति सी चिनफिङ जी२० शिखर सम्मेलनमा भाग लिन सोमबार इन्डोनेसिया पुग्नु भएको छ । जी२० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा सङ्क्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।

शान्ति सम्झौताको पालना गर्ने प्रतिबद्धता-इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौताको कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको प्रतिबद्धता व्यक्त गरेको हो ।

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक युद्ध गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा केही दिनअघि युद्धविराम भएको थियो । सो युद्धविरामपछि सरकार र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता पनि भएको थियो ।

आइतबार प्रकाशित सो विज्ञप्तिमा उक्त शान्ति सम्झौताको कार्यान्वयनका लागि काम भइरहेको भन्दै यसबाट नागरिकका अधिकारहरुको सुरक्षा हुने पनि बताइएको छ । उक्त सम्झौताअनुसार नै कतिपय युद्धग्रस्त क्षेत्रका नागरिकलाई मानवीय सहायता पनि पु¥याइएको र यहाँ विभिन्न सहायताकर्मीलाई पनि जान दिइएको भन्दै आगामी दिनमा यही सम्झौता अनुसार नै अघि बढ्ने र यहाँ दुई वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यको पहल गरिने सो विज्ञप्तिमा जनाइएको छ ।

सो युद्धविराम तथा शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले पनि स्वागत गरेको थियो । यहाँ भएको युद्धविरामको समयलाई लम्बाउन र सरकार र विद्रोहीले गरेको शान्ति सम्झौताबमोजिम इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह पनि राष्ट्रसङ्घले गरेको छ ।

यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूह र सरकारबीच शान्ति वार्ताका लागि युद्धविराम भएको बताइएको छ । टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको राष्ट्रसङ्घको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *