अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ?

विश्व

Sharing is caring!

बलिउड अभिनेता अभिषेक बच्चनले मनमर्जिया फिल्ममा गरेको अभिनयको धेरैले तारिफ गरेका थिए । उनले एक सस्पेन्स थ्रीलर फिल्मको घोषणा गरिसकेका छन् ।हालै अभिषेकले सामाजिक सञ्जालमार्फत फेरि सरप्राइजको घोषणा गरेका छन् । योसँगै फ्यानले ऐश्वर्या राय गर्भवती भएको अड्कल काट्न थालेका छन् ।बुबा अमिताभ बच्चनजस्तै अभिषेक पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । फ्यानलाई उनले अपडेट दिइरहेका हुन्छन् । हालै उनले ट्वीटरमा लेखे, ‘साथी हो, तपाईं सबैका लागि एक सरप्राइज छ, जोडिँदै गर्नुस् ।’

अभिषेकले यो पोस्ट गरेपछि उनका फ्यानले सरप्राइज जान्नका लागि कमेन्ट गरेका छन् । धेरैले अभिषेक पुन: बुबा बन्न लागेको अड्कल काटेका छन् ।यद्यपि अभिषेकले के शेयर गर्न लागेका हुन् भन्ने अहिले कसैलाई थाहा छैन । उनले कुनै फिल्मको घोषणा पनि गर्न लागेका हुनसक्ने कतिपयको अनुमान छ ।अभिषेकले नायिका ऐश्वर्या रायसँग बिहे गरेका थिए । यी दुईकी एक छोरी छिन् । धेरैले ऐश्वर्या र अभिषेककी छोरी आरध्याले भाइ उपहार पाउने अड्कल काटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *