अस्ट्रेलियामा फेरी अर्को संकटकाल, धुलोको आँधी आएपछि अष्ट्रेलियामा दिउँसै अँध्यारो, मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल (तस्विर सहित)

विश्व

Sharing is caring!

एजेन्सी- अष्ट्रेलियामा धुलोको आँधी आएपछि दिउँसै अँध्यारो भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धुलोको मुस्लोसहितको आँधीका कारण केही शहरमा दिउँसै अँध्यारो छाएको हो । यसरी धुलोको आधी आएपछि चेतावनी जारी गरिएको छ । अहिले सोसल मिडियामा यसका थुप्रै भिडियो सेयर गरिएका छन् ।

पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा बताएको छ भने डुब्बो शहरमा १०७ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ ।न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हिस्सामा धुलोको आधीपछि वर्षा भएको बताइएको छ । राज्य आपतकालीन सेवामा आइतबार बिहान मद्दतका लागि १ हजार ४ सय ५३ फोन आए ।

यीमध्ये हजार बढी फोनमा भवन ध्वस्त भएको जानकारी दिइएको थियो । भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६.६ मिमी वर्षा भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अबको केही दिनमा बाढी र तीब्र गतीको आँधी देख्न सकिने जानकारी दिएका छन् । भिक्टोरियामा आइतबार चेतावनी जारी गरिएको छ ।मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल गरिएको छ । तस्विर तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *