अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद • OSNepal

अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद • OSNepal

विश्व

Sharing is caring!

असदाबाद-अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन्।

गत महिनामा विभिन्न किसिमका हतियार ७०३ थान र एक हजार २०० भन्दा बढी विभिन्न प्रकारका गोलीहरू कुनार प्रान्तका विभिन्न भागहरूबाट सङ्कलन गरिएको रेज्वानले सिन्ह्वालाई बताएका छन् ।विभिन्न व्यक्तिहरूबाट हतियार र गोलाबारुद सङ्कलन गरी सोमबार यहाँ सुरक्षा अधिकारीहरूलाई हस्तान्तरण गरिएको उनले बताए।

अफगानिस्तानमा सुरक्षा स्थायित्व गर्ने प्रयासस्वरूप तालिबानद् प्रशासनले सुरक्षा निकाय सम्बद्ध व्यक्तिहरू बाहेक अरुबाट हतियार र गोलाबारुद सङ्कलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *