इस्लामाबाद, ९ माघ – पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ । ‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो । प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो […]
