कोरोना भाइरसः इटालीमा एकैदिनमा अहिलेसम्कै उच्च मृत्यु, थप ९ सय १९ को मृत्यु

कोरोना भाइरसः इटालीमा एकैदिनमा अहिलेसम्कै उच्च मृत्यु, थप ९ सय १९ को मृत्यु

विश्व

Sharing is caring!

काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ ।

कोरोना भाइरसको महामारी फैलिए यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो ।

योसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

८६ हजार ४९८ जना संक्रमित भएका छन् । यसमध्ये ११ हजार मानिस उपचारपछि ठीक भएका छन् ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटाली लकडाउनको अवस्थामा रहँदा संक्रमण फैलने र मानिसहरुको मृत्यु हुने क्रम रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *