कोभिड-१९ को सङ्क्रमः २०२ देशमा फैलिइसकेको भाइरसबाट साढे पाँच लाख मानिस सङ्क्रमित

विश्व

Sharing is caring!

काठमाडौं, चैत्र १५ः विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ को सङ्क्रमण भएर विश्वभर २४ हजार जनाको मृत्यु भएको छ । २०२ देशमा फैलिइ सकेको भाइरसबाट झण्डै साढे पाँच लाख मानिसहरु सङ्क्रमित भइसकेको अमेरिका स्थित जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

सङ्क्रमण भएका मध्ये १ लाख २४ हजार भने उपचार पछि निको भएर घर फर्किएका छन् । इटली हिजो एकै दिन ९१९ जनाको मृत्यु भएपछि त्यहाँ अघिल्लो दिन मृतकको घटेको तथ्याङ्कले जगाएको आशा फेरि निराशामा परिणत भएको छ । त्यहाँ ९ हजार १३४ जनाको ज्यान गइसकेको छ । ६ हजार नयाँ विरामी थपिएपछि त्यहाँ ८६ हजार बढीको उपचार भइरहेको छ ।

स्पेनमा पनि ६४ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टी भइसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७६९ जनाको ज्यान गयो र मृत्यु हुनेको संख्या ४ हजार ८५८ पुगेको छ ।

उता बेलायतमा प्रधानमन्त्री बोरिस जोनसन र उहाँका सरकारका स्वास्थ्यमन्त्रीलाई नै सङ्क्रमण भएको छ । त्यहाँ १४ हजार ५४३ सङ्क्रमित भएकोमा ७५९ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा झण्डै २ हजारको मृत्यु भइसकेको छ । यसैगरी विश्वमै धेरै एक लाख बढी सङ्क्रमित फेला परेको अमेरिकामा १३ सय जनाको मृत्यु भइसकेको छ । न्यूयोर्क शहरलाई केन्द्रविन्दू बनाएर फैलिइरहेको सङ्क्रमण न्यू ओरलियन्स, सिकागो, डेटरोइट मा पनि फैलन शुरु गरेको छ ।

भाइरसलाई नियन्त्रण गरेको चीनले भने बाहिरबाट आएकाहरुमा फेरि सङ्क्रमण देखा पर्न थालेपछि सबै विदेशीहरुलाई मुलुक प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *