दुबैमा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण

दुबैमा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण

विश्व

Sharing is caring!

संयुक्त अरब इमिरेट्स (यूएई)मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको जनाएको छ । तीमध्ये २ जना नेपाली रहेको पुष्टि गरिएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपालीसहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको स्थानीय संचारमाध्यम गल्फन्युजले जनाएको छ ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *