कोरोना भाइरस थप ६ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

कोरोना भाइरस: थप ६ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

विश्व

Sharing is caring!

स्पेन र युएईमा गरेर थप ६ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण अहिले कोरोना संक्रमणमा जुधिरहेको संयुक्त अरब इमिरेट्स (युएई) र स्पेनमा रहेका ६ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

युएईको स्वास्थ मन्त्रालयले दिएको जानकारी अनुसार ७२ जनामा कोरोना संक्रमण देखिएको शुक्रबार पुष्टि गरेको छ । ती मध्य २ जना नेपाली रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ जना नेपाली सहित ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गल्फन्युजले जनाएको छ ।

पुराना संक्रमितको सम्पर्कमा पुग्दा उनिहरूलाई कोरोना संक्रमण भएको हो । मन्त्रालयले सबै संक्रमितको अस्पतालमा उपचार भइरहेको र अवस्था सामन्य रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाको सबैभन्दा बढी असर देखिएको स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटलोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार नेपालीमा कोरोना पोजेटिभ देखिएको छ उनिहरूको अहिले उपचार जारी छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक नेपालीको सान्पाओ अस्पतालमा उपचार हुँदैछ । अन्य तीनजना हस्पिदा क्षेत्रका हुन् । उनिहरूको स्थानीय अस्पतालमा उपचार भै रहेको जनाइएको छ ।

अन्य केही नेपालीमा कोरोना संक्रमणको भएको सूचना आएको तर पुष्टि नभएको स्पेनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *