भारतमा ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क खाद्यान्न

भारतमा ८० करोड नागरिकलाई तीन महिनासम्म नि:शुल्क खाद्यान्न

विश्व

Sharing is caring!

काठमान्डौ , भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म नि:शुल्क चामल, गहुँ र दाल दिने भएको छ ।पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म नि:शुल्क दिने भारतले घोषणा गरेको हो । यस्तै, भारतले कोरानो भाइरसको संक्रमितलाई ५० लाख रुपैयाँको बीमाको घोषणा गरेको छ ।प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानलाई लागि अप्रिलको पहिलो हप्ता जनही दुई हजार रुपैयाँ दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार उक्त प्याकेजको घोषणा गरेकी हुन् ।सीतारमणले यो प्याकेज आप्रवासी मजदुर र शहरी–ग्रामीाण क्षेत्रका गरीबको तत्कालको आवश्यकता पूरा गर्न यो प्याकेज ल्याइएको बताएकी छिन् । उनले अब कसैले पनि भोकै मर्नु नपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मुलुकमा गरीब र मजदूरका लागि लगातार प्रयास गरिरहेको बताएकी छिन् ।उनले भनिन्, ‘कोही गरीबले खानाको समस्या भोग्नु नपरोस् भनेर यो प्याकेजको माध्यमबाट पाँच किलो गहुँ वा चामल करिब ८० करोड मानिसलाई आगामी तीन महिनासम्म दिइनेछ । यसका लागि उनीहरुले पैसा तिर्नुपर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *