सोल : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘बेपरवाह’, ‘अस्थिर बुढो मान्छे’ जस्ता संज्ञा दिँदै कडा आलोचना गरेका छन् ।
नेता किमले उनलाई ‘झुट’ भन्दै टिप्पणी गरे । ट्रम्पले किम र आफू असल मित्रता रहेको भन्दै प्रतिक्रिया दिएको भोलिपल्टै किमले यस्तो आलोचना गरेका हुन् ।
अवरुद्ध परमाणु वार्ताका लागि उत्तरले अमेरिकालाई दबाव दिँदैआएको छ । यस क्रममा उनीहरु २०१७ देखि नै आपसमा अपमानित शब्द प्रयोग गर्दै टिकाटिप्पणी गर्दैआएका छन् ।
वार्ता प्रक्रियाको अवधि सकिनै लाग्दा अमेरिका र उत्तर कोरियाबीच विवाद बढेको हो । ट्रम्पले भने यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकामा चुनाव हुन लागेकाले यसबारे बुझ्ने भन्दै किमसँग राम्रो सम्बन्ध रहेको बताएका थिए ।
किमले भने ‘महत्वपूर्ण परीक्षण’ हुने भन्दै चेतावनीपूर्ण प्रतिक्रिया दिए । यस्तैमा उनले ट्रम्पलाई व्यक्तिगत रुपमै टिप्पणी गरेका हुन् ।