अस्ट्रेलिया गएकाे १ वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्कन सक्ने

अस्ट्रेलिया गएकाे १ वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्कन सक्ने

विश्व

Sharing is caring!

काेराेना महामारीका कारण विश्व नै आतंकित बनेका बेला अस्ट्रेलियाकाे न्यु साउथ वेल्समा ३ महिना लामाे लकडाउनकाे घाेषणा गरिएकाे छ । यस्ताे अवस्थामा अस्ट्रेलिया आएकाे १ वर्ष नपुगेका विद्यार्थीहरूलाई समस्या हुने भए आफ्नाे देश फर्कन पाउने अस्ट्रेलिया सरकारले जनाएकाे छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आएको १ वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भए आफ्नो देश फर्किने प्रबन्ध गर्न सुझाव दिए ।

प्रधानमन्त्री मरिसनले भनेका छन्, ‘उनीहरुको प्रवेशाज्ञा सर्तमा अस्ट्रेलियामा १ वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ ।’

अस्ट्रेलिया आएको १ वर्ष नपुगेका विद्यार्थीले आफूलाई सहयोग गर्न सक्दैनन् भने आफ्नो देश फर्किन सक्ने उनकाे भनाइ थियाे । अस्ट्रेलिया सरकारले महामारीका बेला विभिन्न सेवासुविधा दिने घाेषणा गरेकाे छ । तर ती सुविधा आफ्नाे देशका नागरिक तथा स्थायी बासिन्दाका लागि मात्रै  भएको उनले बताएका छन्  ।

यसैगरी विद्यार्थीबाहेक अस्ट्रेलियामा भएका नर्स र विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा आफ्नाे देश फर्किन सक्ने उनले बताएका छन् ।

तर अस्ट्रेलियाको प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टीले भने प्रधानमन्त्रीकाे याे भनाइमा आपत्ति जनाएकाे छ । अन्य बेला यहाँको श्रम बजारको अधिकांश हिस्सा ओगटेका यहाँका अस्थायी बासिन्दालाई यो दु:खका बेला सरकारले सहयोग गर्नुपर्ने अस्ट्रेलियाको मजदुर युनियनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *