बेलायतमा काे’राेनाबाट मृ’त्यु हुनेकाे संख्या चीनकै हाराहारीमा, एकैदिन यती धेरैको मृ’त्यु

बेलायतमा काे’राेनाबाट मृ’त्यु हुनेकाे संख्या चीनकै हाराहारीमा, एकैदिन यती धेरैको मृ’त्यु

विश्व

Sharing is caring!

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको काेराेना भाइरस् अर्थात् कोभिड–१९ बेलायतमा पनि तिव्र रूपमा फैलिँदै गएकाे छ ।अहिलेसम्म बेलायतमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३३ हजार ७१८ पुगेकाे छ । बेलायतमा एकै दिन ४ हजार २४४ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार बिहानसम्म बेलायातमा संक्रमितकाे संख्या २९ हजार ४७४ थियाे ।

बेलायतमा मृत्यु हुनेकाे संख्या पनि चीनकै हाराहारीमा पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले बेलायातमा काेराेनाका कारण मर्नेकाे संख्या २ हजार ९२१ पुगेकाे छ । काेराेनाकाे उद्गम स्थल चीनकाे भान्दा ४ सयले मात्रै कम हाे । चीनमा अहिलेसम्म ३ हजार ३२२ जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लाे केहि दिन यता तथ्याङ्क हेर्दा भाेलि (शनिबार) बेलायतले चीनलाई उछिन्ने देखिन्छ । पछिल्लाे २४ घण्टाभित्र बेलायतमा काेराेनाका कारण ५६९ जनाकाे मृत्यु भएकाे छ । चीनमा भने २४ घण्टाभित्र ४ जनाकाे मात्रै मृत्यु भएकाे छ ।

बुधबार पनि बेलायतमा ५६३ जनाले मृत्यु भएकाे थियाे । चीनमा भने बुधबार ६ जनाकाे मात्रै मृत्यु भएकाे थियाे । बेलायतमा अरू देशकाे तुलनामा निकाे हुनेकाे संख्या एकदमै न्युन रहेकाे छ । अहिलेसम्म बेलायतमा १३५ जना मात्रै पूर्ण रूपमा निकाे भएका छन् ।

अहिले त्यहाँ ३० हजार ६६२ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ३७९ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । बेलायतमा त्यहाँका प्रधानमन्त्री बोरिस जोनसन र राजकुमार चार्ल्सलाई समेत कोरोनाको संक्रमण भएको छ ।गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका दुई सयभन्दा बढी मुलुकमा फैलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *