कोरोनाका कारण बेलायतमा २ नर्सको मृत्यु, ५९ हजार नाघ्यो मृतक संख्या

कोरोनाका कारण बेलायतमा २ नर्सको मृत्यु, ५९ हजार नाघ्यो मृतक संख्या

विश्व

Sharing is caring!

काठमाडौं – विश्वभर ठूलो क्षति पुर्याएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा २ जना नर्सको मृत्यु भएको छ । बितेको पछिल्लो २४ घण्टामा एमीओ राउरके र एरेमा नसरिनको कोरोनाका कारण मृत्यु भएको हो ।

ज्यान गुमाउनेमध्ये एक ३९ र अर्की ३६ वर्षको रहेको बीबीसीले जनाएको छ । एकको क्यूईक्यूएम र अर्कोको वेस्ट मिडल्यान्डमा उपचारका क्रममा मृत्यु भएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।यसैगरी भाइरसबाट संक्रमितको संख्या १० लाख नजिक पुगेको छ। वर्ल्डोमिटरले जनाएअनुसार शनिबार बिहानसम्म १ लाख ९८ हजार ४३५ जना संक्रमित भएका छन् । जुसमा २ लाख २८ हजार ९२३ जना मात्रै निको भएका छन् । संक्रमतिहरुको उपचार भइरहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६४१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ३९२, स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । जर्मनीमा १२ सय ७५ जनाको मृत्यु हुँदा युकेमा ३ हजार ५०५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ५ जना संक्रमित भएका छन् । आज लकडाउनको १२ औँ दिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *