विश्व स्वास्थ्य संगठनलाई नै ट्रम्पको धम्की

विश्व स्वास्थ्य संगठनलाई नै ट्रम्पको धम्की

विश्व

Sharing is caring!

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई धम्की दिँदै भने, ‘अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ ।’ यद्यपि, त्यसको थोरै बेरपछि आफ्नो बयान फेर्दै भने, ‘मैले यस्तो गर्छु कहाँ भनेँ र ?’

अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले यो महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् । केही राज्य र शहरको डाटामार्फत् यसले अफ्रिकी–अमेरिकीलाई बढी प्रभावित पारेको बताएका छन् ।

Source: https://www.bbc.com/hindi/live/india-52210213

Leave a Reply

Your email address will not be published. Required fields are marked *