जापानको आपतकाल प्रभावकारी हुनेमा पश्चिमी सञ्चार माध्यमले देखाए सन्देह

जापानको आपतकाल प्रभावकारी हुनेमा पश्चिमी सञ्चार माध्यमले देखाए सन्देह

विश्व

Sharing is caring!

टोकियो । जापानी प्रधानमन्त्री शिन्जो आबेले मंगलबार घोषणा गरेको आपतकाल प्रभावकारी हुनेमा पश्चिमी सञ्चार माध्यमहरुले शंका व्यक्त गरेका छन् । आपतकाल घोषणाको समय सही हो होइन भन्नेबारे उनीहरुको प्रश्न गर्नुको साथै अनुपालना नगर्नेलाई दण्ड सजायको व्यवस्था नभएकोले यसले काम गर्नेमा धेरै जसो सञ्चार माध्यमले सन्देह गरेका हुन् ।

भाइरस धेरै पहिलो देखा परेको भएपनि जापानले विश्वका अन्य हिस्सामा अपनाइएका कठोर उपायहरु अपनाउन निकै सुस्त रहेको सीएनएनले एक समाचारमा भनेको छ । ‘ टोकियोमा हामीहरुले अर्को न्यूयोर्क देख्न पनि सक्छौं ’ एक जना विज्ञको भनाइ उद्धृत गदै सीएनएनले बताएको छ ।

जापान सरकारले अपनाएको अधिकांश उपायहरुमा अनुरोध मात्रै भएको सीबीएसले बताएको छ । नागरिक स्वतन्त्रता सुरक्षाका कारण अनुपालना नगरेको खण्डमा आम मानिसलाई जेल सजाय तोक्न वा जरिवाना तिराउने अधिकार जापानी अधिकारीहरुलाई छैन । अनुपालना नगर्नेलाई भाटाले हान्नुको सट्टा साथीबाट दबाब र आपतकाल घोषणाको भार मात्रै छ । ‘चार महिनासम्म विश्वका अन्य देशले लागू गरेको कठोर उपायहरु नलगाएपनि जापानमा कोरोना भाइरसको संक्रमण दर तुलनात्मक रुपमा कम छ,’ न्यूयोर्क टाइम्सले भनेको छ ।

मंगलबार गरिएको घोषणा ठिक समयमा आएको हो कि यो ल्याउन निकै ढिला भइसकेको हो भन्नेमा चिकित्सक विज्ञहरु अलमलमा परेको समेत न्यूयोर्क टाइम्सले बताएको छ ।

स्वीडेन जस्तै जापानले पनि आर्थिक गतिविधिमा धेरै बाधा उत्पन्न गराउने खालका उपायहरु नल्याएको फ्रान्सेली रेडियो रेडियो फ्रान्सले भनेको छ । तर विशेषगरी टोकियोमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बनेको उसको भनाइ छ । आबे सञ्चार माध्यम र विज्ञहरुको कारण मात्रै आपतकाल घोषणा गर्न बाध्य भएको समेत रेडियोले भनेको छ ।

फ्रान्सेली शैलीको लकडाउन गर्न वा उल्लंघन गर्नेलाई जरिवाना वा अन्य सजाय दिन सक्ने कानून अधिकार जापान सरकारसँग नभएको बेलायती पत्रिका द गार्डियनले बताएको छ । यसको सट्टामा आत्म – नियन्त्रण अनि अनुपालना गर्न नमान्नेहरुलाई नाम बद्नाम हुने वा व्यवसायलाई लाज हुने डरले काम गर्ने अपेक्षा जापानी अधिकारीहरुले गरेको समेत पत्रिकाले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *