लकडाउनमा नजिक चुरोट नपाएपछि खोज्दै जाँदा अर्को देश पुगे, हेलिकप्टरबाट उद्धार गर्नुपर्‍यो

लकडाउनमा नजिक चुरोट नपाएपछि खोज्दै जाँदा अर्को देश पुगे, हेलिकप्टरबाट उद्धार गर्नुपर्‍यो

विश्व

Sharing is caring!

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वका कैयौं देश लकडाउन छन् । लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै पसल बन्द छन् । तर, चुरोटको लतले एक व्यक्तिलाई भने अर्कैं देश पुर्याइदिएको छ । यी व्यक्तिलाई चुरोटको यस्तो इच्छा भयो कि उनी चुरोट खोज्दै एक देशबाट अर्को देश पुगे ।

द टेलिग्राफको समाचार अनुसार फ्रान्सका यी व्यक्तिले लकडाउनका कारण नजिक चुरोट पाइरहेका थिएनन् । त्यसपछि उनी चुरोट किन्नको लागि फ्रान्सबाट स्पेनको लागि पैदल नै हिँडे । पुलिसले उनलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्यो । चुरोट किन्नका लागि फ्रान्देखि स्पेन पुग्ने यी व्यक्तिलाई फ्रान्सको माउन्टेन पुलिसले पर्थसको पहाडबाट हेलिकप्टरमार्फत उद्धार गरेको थियो ।

ती व्यक्ति पहाडको धेरै उचाइमा पुगेपछि निकै थाकिसकेका थिए । उनी जुन ठाउँमा फसेका थिए त्यहाँ निकै चिसो थियो । यसअघि पुलिसले ती व्यक्तिलाई क्याटेलोनियाको ला जोंकेरको स्पेनिस गाउँमा फ्रेन्च भूमध्य सागरको तटमा पेर्विग्ननमा घरभन्दा करिब २० माइल टाढा समातेको थियो । स्पेनको यो ठाउँमा चरोट निकै सस्तो पाइन्छ ।

फ्रान्सको माउन्टेन पुलिसका अनुसार यी व्यक्ति हिँड्दै जाँदा बाटो बिराएर हराएका थिए त्यसपछि उद्धार टिमलाई सम्पर्क गर्नुभन्दा पहिले एक नालीमा खसेका थिए । यी व्यक्तिलाई लकडाउनको नियम उल्लंघन गरेको र गलत तरिकाले सीमा पार गर्ने प्रयास गरेको आरोपमा १२० युरो जरिवाना तिराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *