कोभिड-१९ अमेरिकामा एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गयो

कोभिड-१९ : अमेरिकामा एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गयो

विश्व

Sharing is caring!

काठमाण्डौ – कोरोना सङ्क्रमणका कारण अमेरिकामा एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गएको छ ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार १ सय ८ जनाको ज्यान गएको छ । साढे ३३ हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् ।

अमेरिकामा मात्रै पाँच लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ । तर यस्तै अवस्था रहे ज्यान गुमाउनेको संख्या इटालीमा भन्दा पनि धेरै अमेरिकामा हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *