जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु • OSNepal

जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु • OSNepal

विश्व

Sharing is caring!

नयाँदिल्ली, ८ बैशाख । भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रामणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको हो ।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । मृत्यु भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो  ।आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *