बङ्गलादेशमा चट्याङ लागेर नौ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश किसान • OSNepal

बङ्गलादेशमा चट्याङ लागेर नौ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश किसान • OSNepal

विश्व

Sharing is caring!

ढाका । बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट््याङ र मेघगर्जनसहित भारी वर्षासमेत भएको थियो । चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ ।

चट्याङका कारण भएका अधिकांश मृत्युमा आफ्नो खेतबारीमा काम गरिरहेका ग्रामीण किसान परेका अधिकारीले बताएका छन् ।सुख्खा यामदेखि वर्षायामसम्म मौसम परिवर्तन हुने भएकाले वर्षको यो समयमा घना बस्ती भएको दक्षिण एशियाली मुलुकमा चट्याङका कारण सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

बङ्गलादेशमा चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । विज्ञहरूका अनुसार यो जलवायु परिवर्तनका कारण भएको हो । जलवायु परिवर्तनका कारण बङ्गलादेश निकै प्रभावित हुनेमध्येको एक गरिब राष्ट्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *