चीनमा फेरी सल्बलायो कोरोनाको महामारी अद्यावधिक विवरण भन्दै मृतक संख्या १२ सय बढी थपियो

चीनमा फेरी सल्बलायो कोरोनाको महामारी : अद्यावधिक विवरण भन्दै मृतक संख्या १२ सय बढी थपियो

विश्व

Sharing is caring!

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा फेरि पनि कोरोना भाइरस संक्रमित भेटिइरहेका छन् ।

आज मात्रै चीनले १ हजार २ सय ९० जना मृतक संख्या थपेको छ । धेरै दिनको अन्तराल पछि चीनले १ हजार २ सय ९० जना मृतक संख्या थपेको हो ।

बिबिसीले जनाएअनुसार, “चीनमा कोरोनाभाइरस महामारी सुरु भएको वुहान सहरमा ज्यान गुमाएकाहरूको आधिकारीक सङ्ख्या पहिले बताइएको भन्दा झण्डै ५० प्रतिशतले धेरै रहेको छ।”

अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटनालाई कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको तथ्याङ्कमा थप गरीएको हो।

यसैबिचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको कोरोनाभाइरस र यसका कारण भएको मृत्युसँग सम्बन्धित तथ्याङ्कप्रति श‌ङ्का व्यक्त गर्ने गरेका थिए।

आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ संक्रमित थपिएका छन् । चीन सरकारले कोरोनाको महामारी आफ्नो देशमा कम भएको भन्दै वुहान शहर सहित देशका अन्य शहरहरुमा लकडाउन खोलिसकेको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ६९२ जनालाई संक्रमण भएको छ भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *