उत्तर कोरियामा पनि भेटियो कोरोना संक्रमित

उत्तर कोरियामा पनि भेटियो कोरोना संक्रमित

विश्व

Sharing is caring!

एजेन्सी, ७ बैशाख । उत्तर कोरियामा पनि कोरोना भाइरसको संक्रमित रहेको खुलासा भएको छ । संसारभर कोरोनाको महामारी चलिरहँदा आफ्नो देशमा कोरोना संक्रमित नरहेको बताउँदै आएको उत्तर कोरियाली सरकारले अन्ततः आफ्ना नागरिकहरूलाई गरेको सार्वजनिक व्याख्यानमा मुलुकमा कोरोना भाइरस भएको बताएको हो । त्यहाँ मार्च महिनाको सुरुमा संक्रमण देखिएको बताइएको छ ।

शुक्रबार रेडियो फ्रि एसियाले प्योङ्गयाङ्ले देशमा कोरोनाका प्रमाणित संक्रमित नरहेको दाबी गरेको आफ्नो रिपोर्टमा जनाएको थियो ।

सो रेडियोले प्योङ्गयाङ र रायोङ्गाङ प्रान्तका एक-एक वटा श्रोतको हवाला दिदैं लेक्चररहरूले संख्या नखुलाएपनि उत्तर कोरियामा कोरोना संक्रमित भएको रिपोर्ट प्रसारण गरेको छ ।

लेक्चररहरूले ती संक्रमितहरू प्योङ्गयाङ, दक्षिणी ह्वाङहे प्रान्त र उत्तरी हेमग्योङ प्रान्तमा भेटिएको उसको रिपोर्टमा उल्लेख छ ।

चीन लगायतका मुलुकमा कोरोना संक्रमण देखिन थालेपछि प्योङ्गयाङ्ले सीमा नाकामा कडाइ गर्दै संक्रमण प्रभावित मुलुकका नागरिकलाई ३० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनेको थियो ।

उत्तर कोरियाली अधिकारीहरूले विश्वव्यापीरुपमा कोरोना नियन्त्रणमा नआएसम्म शतप्रतिशत बन्द रहेका आफ्ना सीमानाभित्र कोरोना संक्रमण प्रवेश गर्ने सम्भावना भए-नभएको हेरिरहेका बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *