२४ घण्टामा भारतमा थपिए १२९० संक्रमित, ३६ को मृत्यु

२४ घण्टामा भारतमा थपिए १२९० संक्रमित, ३६ को मृत्यु

विश्व

Sharing is caring!

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार २९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या भारतमा २१ हजार ३७० पुगेको छ ।

यस्तै, भारतमा कोरोना भाइरसको संक्रमणबाट ६८१ संक्रमितले ज्यान गुमाएका छन् । बुधबार मात्रै भारतमा ३६ जना संक्रमितको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संक्रमित मध्ये ४ हजार ३७० जना उपचारपछि घर फर्किसकेका छन् । भारतमा हालसम्म ४ लाख ६२ हजार ६२१ जनाको कोरोना टेस्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *