चिनियाँ सेनाको को’रोना भ्याक्सिन परीक्षण सफल हुँदा विश्व किन चि’न्तित छ

चिनियाँ सेनाको को’रोना भ्याक्सिन परीक्षण सफल हुँदा विश्व किन चि’न्तित छ ?

विश्व

Sharing is caring!

काठमाडौं। को’रोनाभाइरसको भ्याक्सिन बनाउनका लागि विश्वभरका विशेषज्ञहरु प्रयासरत छन् । यो काममा चीन सबैभन्दा अगाडि छ । उसले गएको मार्च १७ मै पहिलो चरणको परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ र अहिले दोस्रो चरणमा छ । चीन एकमात्र देश हो जहाँ भ्या’क्सिनको ट्रायल दोस्रो चरणमा पुगिसकेको छ । यहाँको भ्या’क्सिन प’रियोजना चिनियाँ सेनाको हातमा छ ।चिनियाँ फार्मा कम्पनी क्या’न्सिनो बा’योलोजिक्सले एक शैक्षणिक संस्थासँग मिलेर यो भ्याक्सिनको क्लि’निकल ट्रायलको घो’षणा गरेको थियो ।

तर, पछि यो पूरै परियोजनामा चिनियाँ सेनाको सै’न्य चिकित्सा विज्ञान एकेडीमी सं’लग्न रहेको खुलासा भयो । अर्थात जुन भ्या’क्सिन परियोजनामा चीनले काम गरिरहेको छ त्यो पूरै चिनियाँ सेनाको हातमा छ । यो खुलासासँगै यो प’रियोजनामाथि प्रश्न पनि उठिरहेका छन् ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाकी मेजर जनरल डा. चेन वाइको टिम यो प’रियोजनामा सं’लग्न छ । डा. चेन वाइ सेनाकी मेजर जनरल हुनुका साथै विश्वकै शीर्ष भा’इरोलोनिस्ट मध्येकी एक हुन् । भ्याक्सिनको ह्युमन ट्रायलको पहिलो चरण मार्च १७ मै सफलतापूर्वक सम्पन्न भइरहेको छ र अहिले दोस्रो चरणमा छ ।

दोस्रो चरणमा को’रोनाभाइरस संक्रमितहरुमा यसको परीक्षण भइरहेको छ । यसको पनि निकै सकारात्मक नतिजा आइरहेका छन् । तर, यो सफलताका बावजुद विश्वले यो परियोजनालाई लिएर चि’न्ता व्यक्त गरेको छ ।विशेषज्ञहरुले यो परियोजनामा चिनियाँ सेना संलग्न भएका कारण यो प्रयोग सफल भएमा पनि यसको वितरण समान हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । विशेषज्ञका अनुसार पिपुल्स लिबरेसन आमीको सं’लग्नताले भ्याक्सिन विकसित गर्ने काममा तीव्रता र दक्षता ल्याउन सक्छ तर सेनाको ह’स्तक्षेपले भविष्यमा सबैभन्दा अधिक मा’ग हुने भ्याक्सिनमाथिको नियन्त्रण ग’म्भीर मु’द्दा हो ।

विशेषज्ञहरुले चिनियाँ सेना नियन्त्रित भ्याक्सिनको प्रयोग सफल भएमा त्यसको वितरण चीनको फाइदाको हिसाबले हुने र आवश्यक ठाउँमा भ्याक्सिन उपलब्ध नहुने भन्दै चि’न्ता व्यक्त गरेका हुन् ।यद्यपि मेजर जनरल डा. चेन वाइले भने पहिलो प’रीक्षण सफल रहेको बताउँदै यसको क्ष’मताबारे जानकारी पाएसँगै अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर पूरै विश्वलाई दिने बताएकी छिन् । पहिलो चरणमा परीक्षणमा सहभागीहरुलाई यो महिनाभरी नि’गरानीमा राखिनेछ । उनीहरुको शरीरमा भाइरससँग लड्ने प्र’तिरोधी श’क्ति विकसित भएसँगै उनीहरुको रगतको नमूना लिएर भ्या’क्सिनलाई बजारमा पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *