आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागीन २६ वर्षीय शिक्षिका

विश्व

Sharing is caring!

भारतमा एउटा अनौठो घटना भएको छ । भारतको गुजरातमा उउटा शिक्षिका आफनै विद्यार्थी संग भगेकी छिन ।

गुजरातको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी छन् । आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको विद्यार्थीका पिता प्रहरीलाई दिउको उजुरीमा उल्लेख गरेका छन ।

सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् ।

एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं । म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् ।

उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको कलोल शहर प्रहरीका निरीक्षक केके देसाईले बताए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *