टिकटक बन्द भएपछि किन यस्तो गरिन् निशाले

टिकटक बन्द भएपछि किन यस्तो गरिन् निशाले

विश्व

Sharing is caring!

भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ ।

यसै सिलसिलमा भारतमा टिकटिक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ ।बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् ।

भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् । २३ बर्षीया निशाले टिकटकमार्फत लोकप्रियता मात्र होइन राम्रो आम्दानी पनि गर्दै आएकी थिइन ।

एन्जल निशुको उपनामले चर्चित उनलाई टिकटक प्रतिबन्धले तनाव गराएको छ । रियाज अली र आरिश्फा खान भारतमा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति हुन् । लिप म्युजिकमा खुबी राख्ने निशा आमा–बुबा र दाइका साथ मुम्बइ बस्दै आएकी छन् ।

केही समय अघि भिडियोका कारण भारतभर भाइरल भएकी थिइन । उनी इन्स्ट्रागाममा पनि चर्चित छिन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन । ‘मुजे याद है आता’ टिकटिक भिडियो मार्फत उनले चर्चा बटुलेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *