कोरोना महामारीबीच अमेरिकमा शक्तीशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं – अमेरिकामा शक्तीशाली भुकम्प गएको छ । कोरोना महामारीको अवस्थामा अमेरिकाको होमरमा अलास्का नजिक भूकम्प गएको समाचारमा जनाइएको छ ।
अमेरिकाको होमरमा अलास्का नजिक नेपाली समयअनुसार बिहान साढे २ बजे ७.३ रेक्टरको भूकम्प गएको र भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ ।
भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो ।लभूकम्पपछि केही स्थानमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।