काठमाडौं । बाहुबली फेम डाइरेक्टर एसएस राजामौलीको अपकमिङ फिल्म आरआरआर रिलिज हुनुपूर्व नै विवादमा घेरिएको छ ।
तेलंगानाका बीजेपी नेता र करीम नगरका सांसद सञ्जयले फिल्ममा फ्रीडम फाइटर कोमराम भीमको रि प्रजेन्टेशनमाथि प्रश्न उठाएका छन् ।
उनीहरुले राजामौलीलाई धम्की समेत दिएका छन् । आलिदाबादका भाजपा सांसद सोयम बापूले पनि फिल्ममेकरमाथि प्रश्न खडा गरेका छन् । केहि दिन अगाडि मात्रै जूनियर एनटीआरको फस्र्ट लुक रिलिज गरिएको थियो ।
जसले कोमराम भीमको भुमिका निभाएका छन् । यसमा उनले कुर्ता पाइजामा र मुस्लिम टोपी लगाएका छन् । यसमा भेषभूषामाथि प्रश्न उठेको हो ।
यो फिल्ममा भेषभूषा परिवर्तन नगरे थिएटर्स जलाइदिन्छौँ भन्दै धम्की आएको हो । यो धम्की आलिदाबादका सांसद सोयम बापूले दिएका हुन् ।
को थिए आदिवासी नेता कोमराम भीम ?
कोमराम भीमको जन्म २२ अक्टोबर १९०१ मा भएको थियो । उनले हैदराबादलाई उन्मुक्ति दिलाउन असफजाही राजवंशसँग युद्ध लडेका थिए ।
उनी १९ वर्षको हुँदा उनका पितालाई लडाईंमा मारिएको थियो । यो फिल्म ८ जनवरीमा रिलिज हुँदैछ ।
फिल्ममा जूनियर एनटीआर, राम चरण, आलिया भाट, अजय देवगण र श्रिया सरनको मुख्य भुमिका रहेको छ ।
एजेन्सीको सहयोगमा