एजेन्सी । कतारको दोहाबाट बैंककका लागि उडान भरेको कतार एयरवेजमा एक महिलाले बच्चालाई जन्म दिएपछि विमानलाई आपतकालीन अवतरण गर्नुपरेको छ। थाइल्याण्डकी एक २३ वर्षीया महिलाले कतार एयरवेजमा बच्चालाई जन्म दिएपछि सोमबार बिहान सवा ३ बजे कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई आपतकालीन अवतरण गर्नुपरेको हो। कतार एयरवेजको पाइलटले कोलकाता एटीसी (एयर ट्राफिक कन्ट्रोल) लाई मेडिकल आपतकालीन भन्दै कोलकोत्ता एयरपोर्टलाई अवतरणमा ‘एसओएस’ संकेतको लागि आग्रह गरेका थिए ।
एयरपोर्ट व्यवस्थापनले भनेको छ कि कतार एयरवेजको उडान ओमानबाट दोहा जाँदै थियो। जब महिला कोलकाता एयरपोर्टको नजिकै थिईन् तब उक्त महिलाले प्रसव पीड़ा गुनासो गरिन । उनलाई मेडिकल टोलीको सहयोगमा तुरून्त उद्धार गरियो। विमानको आपतकालीन अवतरण गरेपछि आमा र बच्चा दुबैलाई अस्पताल भर्ना गरिएको छ।